३ जना कर्मचारीबाट सञ्चालन हुन्छन् निर्जीवन बीमाका कार्यालयहरु, कुन कम्पनीमा कति कर्मचारी ?

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनी ४ हजार ८१९ कर्मचारीबाट सञ्चालन हुने गरेको देखिएको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार २० निर्जीवन बीमा कम्पनीमा ४ हजार ८१९ जना कर्मचारी कार्यरत छन् ।

२० निर्जीवन बीमा कम्पनीको मुलुकभर प्रधान कार्यालयसहित १ हजार ५०९ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

समितिको तथ्यांकअनुसार औसतमा एउटा निर्जीवन बीमा कम्पनीको कार्यालयमा औसतमा ३.१९ जना कमर्मचारी कार्यरत छन् ।

कर्मचारी र कार्यालय संख्याको आधारमा शिखर इन्स्योरेन्स अग्र स्थानमा छ । शिखर इन्स्योरेन्स ६१० कर्मचारीबाट १०३ वटा कार्यालय सञ्चालन गरेको छ ।

नेपाल इन्स्योरेन्स २६९ कर्मचारीबाट ५० वटा कार्यालय सञ्चालन गरेको छ ।

दी ओरियन्टलमा ७० कर्मचारी कार्यरत छन् । कम्पनीको १५ वटा कार्यालय सञ्चालनमा छ ।

नेशनल इन्स्योरेन्सको १३ कार्यालयमा ६९ जना कर्मचारी कार्यरत छन् ।

हिमालयन जनरल इन्स्योरेन्सले २०७ जना कर्मचारीबाट ३१ वटा कार्यालय सञ्चालन गरिरहेको छ ।

यूनाइटेड इन्स्योरेन्सको ३७ कार्यालय २६१ जना कर्मचारीबाट सञ्चालन भइरहेको छ ।

प्रिमियर इन्स्योरेन्सको ६३ कार्यालय ३०१ कर्मचारीबाट सञ्चालन भइरहेको छ ।

एभरेष्ट इन्स्योरेन्सले २०५ कर्मचारीबाट ३६ वटा कार्यालय चलाइरहेको छ ।

नेको इन्स्योरेन्सको ७७ वटा कार्यालयमा ४६४ जना कर्मचारी कार्यरत छन् ।

सगरमाथा इन्स्योरेन्सको ७७ वटा कार्यालय ४११ जना कर्मचारीबाट सञ्चालन भइरहेको छ ।

प्रभु इन्स्योरेन्सको ५३ वटा कार्यालय २१३ जना कर्मचारीबाट सञ्चालन भइरहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सले २७३ जना कर्मचारीबाट ४६ वटा कार्यालय चलाइरहेको छ ।

प्रुडेन्सियल इन्स्योरन्सले १९५ जना कर्मचारीबाट ३३ वटा कार्यालय सञ्चालन भइरहेको छ ।

लुम्बिनी इन्स्योरेन्सको ५० कार्यालयमा २६१ जना कर्मचारी कार्यरत छन् ।

एनएलजी इन्स्योरेन्सको ८१ कार्यालयमा ४०३ जना कर्मचारी कार्यरत छन् ।

सिद्धार्थ इन्स्योरेन्सले ३९९ कर्मचारीबाट ८४ वटा कार्यालय सञ्चालन गरिरहेको छ ।

राष्ट्रिय बीमा कम्पनीले ८७ कर्मचारीबाट २३ वटा कार्यालय सञ्चालन गरिरहेको छ ।

जनरल इन्स्योरेन्सको ४३ कार्यालयमा १९९ जना कर्मचारी कार्यरत छन् ।

अजोड इन्स्योरेन्सको ६५ कार्यालयमा २७४ जना कर्मचारी कार्यरत छन् ।

सानिमा जनरल इन्स्योरेन्सले १९७ कर्मचारीबाट २२ वटा कार्यालय सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स