नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् । संघको बुधबार सम्पन्न आठौं वार्षिक साधारणसभाबाट राजेन्द्र मल्ल सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका हुन् ।

मल्ल प्रभु इन्स्योरेन्सका संचालक र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत हुन्।

सभाले आगामी दुई वर्षको लागी नयाँ कार्यसमिति पनि चयन गरेको छ । जसमा मल्ल अध्यक्षमा, उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रमेश कुमार निरौला निर्वाचित भएका छन् ।

त्यस्तै, कार्यसमिति समिति सदस्यमा युनाइटेड अजोड़ इन्स्योरेन्सका आजाद श्रेष्ठ, सिद्दार्थ प्रिमियर इन्स्योरेन्सका पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सका कुनाल क्याल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स