काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र ७ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २.२२११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ। उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।
कम्पनीले चैत्र २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ चैत्र १६ गते बुक क्लोजको मिति समेत तय गरेको छ। तसर्थ चैत्र १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।