३ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख ४५ हजार कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्रोखाज फाइनान्स र बुद्व भूमि नेपालमा १० प्रतिशत, सर्वोत्तम सिमेन्टमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

गुराँस लघुवित्तको ९.९४%, धौलागिरी लघुवित्तको ९.२८%, गणपति लघुवित्तको ८.१४%, एनएमबी माइक्रो फाइनान्सको ७.६१%, आरम्भ चौतारी लघुवित्तको ७.४४%, एनआईसी एसिया ग्रोथ फण्ड २को ६.७१%, एनआईसी एसिया ग्रोथ फण्डको ६.६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स