काठमाडौं । १९११ देखि प्रचलित विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ बन्न पुगेको छ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ (प्रा.) लि ले २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्रीवितरण गर्दै आएको छ ।
तेस्रो मुलुकबाट आयात भएता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पार्टपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको केटिएम इन्टरनेशनल ट्रेडिङ (प्रा.) लि ले नयाँ वर्ष २०८१ का लागि विशेष फाईनान्स योजना ल्याएको छ ।
योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० % ब्याजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ । साथै अरु मोडलहरुका बाईकहरु मा विशेष छुटको व्यवस्था पनि मिलाएको छ । कम्पनीले मोडल हेरि १५ हजार रूपैयाँदेखि. १ लाख सम्मको छुट दिने भएको छ ।
यो अद्भुत अवसरको सदुपयोग गरि उत्कृष्ट इटालियन डिजाइन, शक्तिशाली इंजन, र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सकिने छ । यस नयाँ वर्ष २०८१ विशेष योजनाका अधिक जानकारीको लागि केटिएम इन्टरनेशनल ट्रेडिङ (प्रा.) लि को नारायणचौर, नक्साल शाखामा गई वा ०१–४५११४३१/९८०१२३३०२५ मा सम्पर्क गर्न सकिने छ ।