काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विभिन्न भन्सार विभागबाट १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । जसमध्ये चालु आवको (साउनदेखि फागुन) अन्त्यसम्म १० वटा भन्सार कार्यालयबाट मात्रै ९ अर्ब ८५ अर्ब ३५ करोड ८२ लाख ८३ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको देखिन्छ ।
साउनदेखि फागुन अन्त्यसम्म सबै भन्दा बढि ३४.२७ प्रतिशत वस्तु तथा सेवा आयात विरगञ्ज भन्सार कार्यालयबाट भएको छ । वीगन्ज भन्सार विभागबाट ३ खर्ब ५३ अर्ब ४ करोड २२ लाख रुपैयाँको वस्तु आयात भएको हो ।
त्यसैगरी समीक्षा अवधिमा बढी वस्तु आयात गर्ने कार्यालयमा भैरहवा भन्सार कार्यालय परेको छ । उक्त भनसार कार्यालयबाट १५.२५ प्रतिशत आयात भएको हो । भैरहवाबाट आठ महिनामा १ खर्ब ५७ अर्ब १३ करोड ६२ लाख रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ ।
बढी आयात गर्ने तेस्रो नम्बरमा विरगञ्ज सुख्खा बन्दरगाहबाट फागुन महिनासम्म १३.४३ प्रतिशत वस्तु आयात भएको छ । उक्त भन्सारबाट १ खर्ब ३८ अर्ब ३१ करोड ९४ लाख रुपैयाँको आयात भएको हो ।
भन्सार विभागका अनुसार विराटनगर भन्सार कार्यालयबाट १ खर्ब १२ अर्ब ४५ करोड २१ लाख रुपैयाँको वस्तु आयात भएको छ भने २०.४५ प्रतिशतले निर्यात भएको छ । यो आठ महिनामा विराटनगर भन्सार कार्यालयबाट २० अर्ब ५७ करोड ६० लाख ९८ हजार रुपैयाँको विभिन्न वस्तु निर्यात भएको हो ।
त्यसैगरी त्रिभुवान अन्र्तराष्ट्रिय विमान स्थलबाट ८.९२ प्रतिशत वस्तु तथा सेवा आयात भएको छ । साउनदेखि फागुन महिनासम्म ९१ अर्ब ९४ करोड ८ लाख ७१ हजार रुपैयाँको वस्तु आयात भएको छ भने नेपालगन्ज भन्सार विभागबाट ४६ अर्ब १७ करोड १२ लाख, रसुवा भन्सार नाकाबाट ३५ अर्ब २६ करोड, मेची भन्सार कार्यलयबाट २८ अर्ब १४ करोड ५० लाख र तातो पानी भन्सार विभागबाट २३ अर्ब १४ करोड ८३ लाख १६ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।