किन भयो दुई कानुन व्यवसायीहरूबीच हात हालाहाल ?

काठमाडौं । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर दुई कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ।

मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै अधिवक्ता भूमिनन्द चुडाल र अर्का कानुन व्यवसायी विराट न्यौपानेबीच हातपात भएको हो । हात हालाहालमा अधिवक्ता भूमिनन्द कुटिएको र कोट पनि च्यातिएको बताइएको छ । त्यसपछि अब कानुनी उपचारमा जाने भूमिनन्दको भनाइ छ ।

नेपाल बार एसोसिएसन कार्यसमितिको बैठक भित्र बसिरहेको समयमा बाहिर यस्तो घटना भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक बसेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स