काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सर्वोत्तम सिमेन्टको सेयर कारोबार सुचारु भएको छ । मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको कारोबार सुचारु भएको हो ।
कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो । सोही मूल्यलाई आधार मानेर कम्पनीको नियमित कारोबार हुनेछ ।
नेप्सेले कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १८५.३६ रुपैयाँदेखि अधिकतम ५५६.८ रुपैयाँसम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाट यसको सेयर कारोबार सुरु भएको हो ।
सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । जसमध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ भने बाँकी रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।
नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा सर्वोत्तमको नियमित कारोबार हुनेछ ।