नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

संस्थाले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

आज एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा दुवै संस्थाका उच्चपदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्झौतापत्र अनुसार चैत ४ गतेदेखि संस्थाको सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत सेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङबाट हुनेछ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट राष्ट्रिय स्तरको लघुवित्तको रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स