काठमाडौं । आइतबार, नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ अंक विन्दुमा आइपुगेको छ ।
आज ८४ लाख ६ हजार कित्ता सेयर ३ अर्ब ३८ करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सप्तकोशी डेभलपमेन्ट बैंकको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको ९.५६, मानुषी लघुवित्तको ८.७५, स्वाभिमान लघुवित्तको ७.४३, ग्रीन डेभलपमेन्ट बैंकको ६.७८, सिन्धु विकास बैंकको ५.२२ प्रतिशतले सेयर मूल्य बढेको छ ।