हिमालयन बैंकको इटहरी शाखा–२ स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा–२ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा स्थानान्तरण गरी इनरुवा नगरपालिका वडा नं ०१, सुन्सरीबाट चैत्र १ गते देखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको हो ।

बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेका थिए । उक्त समारोहमा इनरुवाका मेयर, उप–मेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीयम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल र १७,००० भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स