कृषि विकास बैंकको १७ औं वार्षिक साधरण सभा सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०७९/८० सत्रौं वार्षिक साधरणसभा सम्पन्न भएको छ । सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आज फागुन ३० गते सम्पन्न भएको हो ।

बृहत कार्य संजालद्धारा आफ्ना वस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंक को सत्रौं वार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधरणसभामा वक्ताको रुपमा भाग लिएका सेयरधनी महानुभावहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

सेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश महेश आचार्य, डा.राजेन्द्र प्रसाद मिश्र,गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई र रीता सुवेदीको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स