काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।
मंगलबार, नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ६ लाख ९ हजार कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २२० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३७ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोनापुर मिनरल्स्को २४ करोड ९ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ७१ लाख, माउन्टेन इनर्जीको ११ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।