बिहिबार अन्तिम समयमा सीवाईसी लघुवित्तलाई १० कित्ताले ८४ रुपैयाँ किन घटाईयो, कस्तो छ यसको फन्डामेन्टल र टेक्निकल अवस्था ?

काठमाडौं । बिहिबार कारोबारको अन्तिम समयमा सीवाईसी नेपाल लघुवित्तलाई १० कित्ताले मार्केट प्राइस (एमकेटी) गरेर १४२५ पुगेको मूल्यलाई ८४ रुपैयाँले घटाउँदै अघिल्लो कारोबार दिनको मूल्य भन्दा ९ रुपैयाँ तल १३४१ रुपैयाँमा कारोबार बन्द गरिएको छ।

किन यस्तो गरियो यो सबैको कौतुहल्ताको विषय बनेको छ। कारोबारको अन्तिममा किन यस्तो गरिन्छ भने आफुले बेचिसकेपछि मूल्य घटोस भन्ने सोच भएका लगानीकर्ता हुन्छन् जसले अन्तिम समयमा एमकेटी गरेर मूल्य घटाउन लागि पर्छन् ।

अर्का थरि लगानीकर्ता यस्ता हुन्छन् जसले आफुले किन्न खोज्दा खोज्दै आफुले किन्न खोजेको मूल्यभन्दा माथि गयो भने मूल्य घटाएर पुन अर्को दिन किन्न को लागि कारोबारको अन्तिम समयमा एमकेटी गरेर मूल्य घटाई दिने र पुन अर्को कारोबारको दिन खरिद गर्ने गर्छन्। यसको उदेश्य पनि त्यहि देखिन्छ। ४५ नंम्बर ब्रोकर बाट अन्तिममा १० कित्ताले मूल्य घटाउने व्यक्तिले उक्तदिन यहि १० कित्तामात्र बिक्री गरेको र उक्त कित्ताले १४२५ रूपैयाँमा कारोबार भएको सीवाईसी लघुवित्तको मूल्य ८४ रुपैयाँले घटाएर १३४१ रुपैयाँमा बन्द गराएको छ।

यस कम्पनीको आधार भुत अवस्थालाई नियाल्ने हो भने २६ करोड ६४ लाख २४ हजार चुक्तापुँजी रहेको कम्पनीको ३० करोड ४५ लाख ६५ हजार रुपैयाँ रिजर्भ देखिन्छ भने यस आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोट अनुसार कम्पनीको खुद ब्याज आम्दानी १३ करोड १८ लाख ८० हजार देखिन्छ।

विभिन्न शीर्षकमा प्रोभिजन गरे पश्चात कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा छ भने कम्पनीको किताबी मूल्य २ सय १४ रुपयाँ ३२ पैसा रहेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ३० प्रतिशत बोनस सेयर र १.५८५ नगद लाभांश वितरण गरेको थियो। यस आर्थिक वर्षमा राष्ट्र बैकको सुझाव अनुरुप प्रस्तावित लाभांश कम्पनीले फिर्ता लिएको छ र अब आउने आर्थिक वर्षमा २ वर्षको लाभांश एकै पटक वितरण गर्ने योजनामा कम्पनीको रहेको छ।

कम्पनीको सेयर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। यस कम्पनीको ३२ प्रतिशत सेयर अर्थात ८ लाख ५३ हजार कित्ता सर्वसाधारणको रहेको छ भने कम्पनीको ६८ प्रतिशत अर्थात १८ लाख १२ हजार कित्ता सेयर प्रमोटर होल्डिङको रहेको छ । जस अनुसार कम्पनीको देस्रो बजारमा सेयर सप्लाई कम देखिन्छ।

यस कम्पनीको २९० रुपैयाँमा पहिलो कारोबार भएर निरन्तर कारोबार हुँदै २१४८ रूपैयाँ सम्मको उच्चतम मूल्यमा कारोबार भएको छ। कम्पनीको १२० दिनको एभ्रेज मूल्य १०८७ रुपयाँ रहेको छ ।

विभिन्न टेक्निकल प्यारामिटरबाट हेर्दा सीवाईसी लघुवित्त बुलिस चरणमा प्रवेश गरेको देखिन्छ। ८ सय ८२ को न्यूनतम मूल्यबाट कारोबार भएर मूल्य बढ्न सुरु गरेको कम्पनीको हालको उच्चतम कारोबार मूल्य १४२५ रूपैयाँ सम्म भएर १० कित्ताले एमकेटी गरि १३४१ रुपैयाँमा बिहिबार बन्द भएको छ। बुलिन्जर ब्यान्डको अप्पर ब्यान्डमा ग्रिनडोजि क्यान्डिल फर्मेसन भएको छ जसले मूल्य घट्न वा बढ्न सक्ने अन्डिसिजन संकेत गर्छ भने आरएसआई ६८.०७ को लेभलमा रहेको छ। जसले कम्पनी स्ट्रिमबुलस चरमारहेको जनाउ दिन्छ।

यस्तै गरि स्टोकास्टिक आर एस आई पनि ९५.२७ को लेभलमा पुगेको छ जसले मूल्य बुलिस चरणमा रहेको जानकारी गराँउछ। त्यसैगरि एमएसीडीले फागुन १४ गते बुलि क्रसओभर गरि हिस्ट्रोग्रामबार ग्रिनजोनमा प्रवेश गरेको छ, जुन हिस्ट्रेग्रामवारहरुले मूल्य अझै बढ्ने संकेत गरेको छ। टेक्निकल प्यारामिटरहरुको आधारमा पनि यस कम्पनि बुलिस चरणमा रहेको र अझै मूल्य बढ्न सक्ने संकेत गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स