काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय ४५ रूपैयाँ कायम भएको छ ।