नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमालेलगायतका दलसँग सत्ता साझेदार गर्ने गठबन्धन गरेपछि १२ वर्षपछि अर्थमन्त्री बनेका वर्षमान पुनले अस्ति बुधबारदेखि अर्थ मन्त्रीको जिम्मेवारी सम्हालेमा छन् । देशको अर्थतन्त्र संकटमा छ । लगानीको वातावरण नबन्दा बैंकमा पैसा थुप्रिएको छ, पूर्वाधार निर्माणको क्षेत्र ठप्प जस्तै छ । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनले अर्थमन्त्रीको दोस्रो इनिङमा पनि अर्थतन्त्र पहिलाको जस्तै कमजोर अवस्था छ । चुनौतिहरू थपिएका छन् । निजी क्षेत्रको नमोबल उठाउने गरि काम गर्ने प्रतिवद्धता गरेका अर्थमन्त्री पुनसँग पदभार ग्रहण गर्दा हाम्रोअर्थले राखेको जिज्ञाशामा उनले दिएको उत्तरको सारः
अर्थतन्त्र संकटमा छ, यो शिथिलताबाट देशलाई बाहिर निकाल्न के गर्नु हुन्छ ?
तपाईहरूले भनेको जस्तो अर्थतन्त्रमा संकट छैन् । अलिकति सोलो भएको हो । अलिकति बजार चलायमान कम मात्रै भएको हो । खास खास चुनौतीहरू छन् । अबको मुख्य चुनौती आर्थिक सुशासन हो । विषेश गरी आर्थिक समृृद्धिको लागि सुशासन पहिलो प्रथामिकता हो । प्रधानमन्त्रीले सामाजिक न्याय कायम गर्ने उद्देश्यले प्रथामिकता निर्धारण गर्नु भएको छ । नयाँ सत्ता गठबन्धनले पनि त्यसैमा आत्मासाथ गरेको छ । मैले सरकारको प्रथामिकता र प्रधानमन्त्रीको दिशा निर्देशमा रहेर सबै क्षेत्रको मनोबल उठाउने गरि अर्थतन्त्रमा आशा जोगाउने गरि काम गर्ने मेरो प्रतिवद्धता हो ।
म सन् २००८ मा विश्वव्यापी आर्थिक संकटबाट विशव बाहिर निष्कदै गर्दा सन् २०११ मा अर्थमन्त्री भएको थिए । त्यति बेला पनि घरजग्गामा समस्या, सेयर बजारमा समस्या, लिक्युडिटीमा समस्याहरू थिए । केही ठूला सहकारीहरूमा पनि समस्या थियो । ती समस्याहरूलाई त्यो समयमानै हामीले विशेष प्रयत्न गरेर विश्वव्यापी आर्थिक मन्त्रीको प्रभाव कम हुनाबाट जोगाएका थियौ ।
त्यतिखेरको अवस्थामा पनि साढे ५ प्रतिशतको ग्रोथ रेट कायम गर्न सकेका थियौं । त्यसकारण त्यो अनुभव, त्यो शिक्षाले अहिलेको यो अवस्थामा पनि नयाँ प्राथमिकताको साथ काम गर्न सकिन्छ भन्ने मलाई विश्वास छ । पहिलेको कार्यकालमा आम जनसमुदायहरू, उद्योगी व्यवसायहरू लगायत सबै मिडिया कर्मी साथीहरूको सहयोगमा आशा जगाउन सकिन्छ ।
अर्थतन्त्रका केहि ठाउँहरूमा सिथिलता अवश्य छ, केही दबाव पनि छ । त्यो कुराहरूलाई हामीले हल गर्न सक्र्छौ । समस्याहरू कहाँ छ त्यो पनि थाहा छ । त्यसकारण यी समस्याहरूलाई प्राथमिकता र प्रधानमन्त्रीको दिशा निर्देशनमा अर्थ मन्त्रलयले सहकार्य आर्थिक क्षेत्रमा आएका समस्याहरूलाई हल गर्न र आशा जगाउन सकिन्छ ।
विभिन्न समस्याका कारण सार्वजनिक वित्त चापमा छ, पुँजीगत खर्च हुन सकेको छैन, बैंकमा पैसा थुप्रिएको छ । लगानी गर्ने माहोल कसरी तयार पार्नुहुन्छ ?
सबै क्षेत्रमा नराम्रो छैन्, खास गरि सावर्जनिक वित्तमा केहि समस्या देखिएको हो । बाह्य क्षेत्र सन्तुलन मै छ । सार्वजनिक वित्तको क्षेत्रमा पुँजीगत खर्च नहुनु मुख्य समस्या हो । अन्य विषयहरू पनि छन् त्यसमा म प्राथमिकता दिएर नै कम गर्छु । राजस्व संकलन पनि गत वर्षको भन्दा राम्रो छ, तर जति लक्ष्य राखिएको थियो, त्यो अनुसार अझै गति लिन सकेको छैन् । त्यो कुराहरूलाई सकारात्मक रुपले समीक्षा गदै काम गर्ने मेरो अभ्यास छ ।
मैले अनौपचारिक रुपले कुरा गर्दा अहिल्य १० प्रतिशतको हाराहारीमा राजस्व संकलन भएको छ । त्यसलाई अर्को महिनामा नै सजिलै दोब्बर गर्न सकिने मैले आधारहरू देखेको छु । मैले बोलेर भन्दा पनि काम गरेर अर्थ मन्त्रालयको समग्र टिमलाई विश्वास दिलाएर साझा प्र्रयत्न गरियो भने यो सम्भव छ । त्यसमा निरास हुनुपर्ने अवस्था छैन् । निजी क्षेत्रसँग सहकार्य गर्छु, र देशमा लगानीको वातावरण बनाउने छु ।
अर्थतन्त्र बिग्रनुमा कसको हात बढी देख्नु हुन्छ ?
विगत देखिनै मेरो अनुभव र संस्कारले पनि अगाडिको विषयलाई लिएर आलोचना गर्नुभन्दा पनि आफूले सक्ने राम्रो गर्ने हो । हाम्रो गाउँघरमा उखान पनि छ –‘बूढाबूढी मान्छेलाई डोकोमा राखेर फाल्ने’ । त्यसो भनेर मैले विगतलाई आलोचना गर्न लागे भने चल्दैन, यो चलन बेठिक हो, त्यस आत्मसाथ गर्न मिल्दैन । यदि त्यस्तै गर्ने हो भने मलाई पनि पछि आउनेले त्यसै गर्छन् । त्यसैले विगतमा भएका कामको आलोचना गर्नुभन्दा पनि असल अभ्यास, असल काम, असल प्रयासहरूलाई निरन्तरता दिदै अघि बढ्ने छु ।
अन्तर निकाय, निजी क्षेत्र तथा विज्ञसँग समन्वय र सहकार्य गर्छु, । विगतमा पनि मैले विकासे मन्त्रलयमा काम गरेको हुनाले मलाई थाहा छ कहाँ कस्ता किसिमको समस्या हुन्छ भनेर । हामीमा खर्च गर्ने क्षमताको पनि कमजोरी छ । कहाँ कसरी खर्च गर्ने, कहाँ विकास गर्ने ? त्यो क्षमताको कमी भएकै कारणले समस्या आएको हो । अर्कोतिर कतिपय तयारी नभएका आयोजनाहरूलाई बजेटमा समेट्ने पराम्पराहरू छ । यसरी तयारी विनाकै आयोजना समेटिदा सबैभन्दा ठूलो समस्या आएको हो । त्यो विषयको हामी समीक्षा गर्छौ । राजस्व संकलनमा कहाँ कहाँ ल्याप्सेस छन् कहाँ हाम्रो प्रयत्न पुग्न सेकेको छैन, त्यसको मूल्यांकन गर्छौ । त्यसैले अहिले कसैको आलोचना गर्नु भन्दा पनि असल अभ्यास स्थापित गर्न चाहन्छु ।
१२ वर्ष अघि अर्थमन्त्री बन्दा अहिले बन्दा अर्थतन्त्रमा कस्तो भिन्नता देख्नु हुन्छ ?
१२ वर्षपछि खोलो फर्किन्छ भन्छन् म पनि १२ पछि यहि मन्त्रालयमा आइपुगेछु । सामान्यत एकपटक काम गरिसकेको मन्त्रालयमा आउने मान्छेले त्यति धारणा बनाएको हुँदैन । म आएको छु । यहाँहरूको गर्नु भएको स्वागतले मलाई अझ बढी जिम्मेवारी पाएजस्तो भएको छ । २०६८ सालमा म अर्थमन्त्री हुँदा सबैले गुुरिल्ला अर्थमन्त्री भनेका थिए । भर्खरै भर्खरै शान्ति प्रक्रिया सकिएको थियो । त्यति परिचित भइसकेका थिएनौ । मसँग पनि अर्थतन्त्रको क्षेत्रमा कुनै काम गरेको अनुभव थिएन ।
त्यति बेला म अर्थमन्त्री हुँदा धेरै मान्छेले रेस्पोन्स पनि गरेको थिएनन् । त्यो समयमा मैले नराम्रो मानिन । किनभने मलाई त्यतिबेला लो प्रोफाइलमा रहेर धेरै कुराहरू सिक्ने मौका पनि मिल्यो । धेरै कुराहरूले आफ्नो क्षमता बढाउने मौका पाए ।
सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी पछि विश्वव्यापी रुपमा धेरै समस्या थियो । सेयर बजारका लगानीका क्षेत्रमा समस्या थियो । त्यसको असर हामीमा पनि परेको थियो । घरजग्गा कारोबार गर्न पनि कडाइ गरिएको थियो । विशेष गरि ठूला ठूला सहकारीहरूमा निकै कडा गरेको थियो । त्यो परिस्थितिमा पनि हामीले अर्थतन्त्रलाई जोगाएका थियौ ।
त्यो बेलाको टिमले राम्रो काम गरेको थियो । अहिले पनि विश्वभर फैलिएको कोभिड –१९ पोष्ट कोभिड प्रभाव अर्थतन्त्रमा देखिएको छ । त्यस्तै इजराइल र हमासको युद्ध, रुसी र युकेनको युद्ध अनि, हामी आफ्नै पनि आन्तारिक रुपले ठूलो भूकम्पको सामना गरिरहेका छौं ।
अहिले जनताको अपेक्षा धेरै नै बढेको छ । १२ वर्ष पहिले तपाई हाम्रो हातमा स्मार्ट फोन थिएन । अहिले हाम्रा घरका सबै परिवार सदस्यको हात हातमा स्मार्ट फोन छ । त्यसमा ब्यालेन्स रिचार्ज गर्नुपर्ने, डाटा किनुपर्ने वाइफाइ जडान गर्नुपर्ने जस्ता नयाँ प्राविधिक आवश्यकताहरू जन्मिएको छ ।
बेला हामीले विलासिता मान्ने वस्तु अहिले दैनिक आवश्यक पर्ने भएको छ । मान्छेका अपेक्षाहरू धेरै छन् । त्यति बेलाको आर्थिक अवस्था हेर्दा, गत वर्षलाई हेर्दा र अहिलेको अवस्थालाई हेर्दा अर्थतन्त्रमा त्यस्तो ठूलो कुनै पनि समस्या देखिएको छैन् । अहिले जनताको अपेक्षा बढेको हो ।
विश्वव्यापी रुपले हेर्दा चाँहि दुई छिमेकी देशको विकास हो । त्यो सबै चिज तुलना सापेक्षतामा हुँदो रहेछ । त्यसरी दुई छिमेकी देशमा भइरहेको आर्थिक विकासलाई उल्लेखीत रुपमा हेर्दा अर्थतन्त्रमा समस्या छैन् । नेपालको राजनीतिक नेतृत्वमा होस् या नेपालको अर्थतन्त्रको क्षेत्रमा काम गर्ने तपाई हामी सबैलाई दबाव छ । अहिले हामी अलि विशिष्ट अवस्थामा छौं । त्यसैले हाम्रा लागि पनि यो नयाँ चुनौति हो, यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।
विशिष्ट अवस्था भन्नले…………….
२०७२ को भूकम्प पछि पुनः निर्माण छिटो गरियो । आठ लाख भन्दा बढि निजी घरहरूका साथै सार्वजनिक संरचनाहरु तिब्र रुपले निर्माण भए । त्यसका लागि ४/ ५ खर्ब रुपैयाँ थप खर्च पनि भयो । जस्का कारणले ३ वर्षसम्म ७ प्रतिशतको हारहारीमा आर्थिक वृद्धि भयो ।
यति ठूलो विपद् आइलाग्दा समेत हामीले यति छिटो रिकभरी गर्यौ । अहिले सबैखाले चुनौति र विभिन्न अवसर छन् । २० प्रतिशतको हाराहारीमा गरिबी छ । कोरना र भूकम्पको कारणले दुई प्रतिशत बढेको छ । १५ योजनामा १५/१६ प्रतिशत तिर झार्ने लक्ष्य थियो । यहिबीचमा हामीले ठूलाठूला आन्तारिक र बाह्य समस्याहरू व्यहोर्यौ । यी हाम्रो काबु भन्दा बाहिरको परिस्थिति हो ।
समग्रमा केही समय अगाडि लगानी क्षेत्रमा लगानी गर्न पैसा भएन, तरलता भएन । अहिले हामीसँग तरलता छ । तर, कहि न कहि मान्छेहरूले मनोबल कमजोर भएको छ । ऋण लिन, लगानी गर्न, नयाँ क्षेत्रमा रिक्स लिन, लगानी गर्न डराउँछन् । डराउँनु पदैन् । यसलाई अर्थ मन्त्रलयले सरकारले समग्र रुपमा निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने कहाँ समस्या छ त्यसलाई समाधान गर्ने, नीतिगत रुपले हल गर्ने हो ।
लगानी सम्मेलनको तयारी चलेको छ । हाम्रो लागि यो ठूलो अवसर हो । छिमेकी राष्ट्रमा भारत र चिनमा यस प्रकारको आर्थिक विकास भइरहेको छ । मान्छे घुम्म निस्केका छन् । मैले एउटा डेटा हेरिरहेको थिए कोरोना अगाडि सन् २०१९ मा चीनबाट मात्रै १५ करोड चीनियाहरू भ्रमणमा निस्किएका थिए । यो वर्षमा डेटा हेर्ने हो भनी इन्डीयाबाट बाहिर घुम्न निस्कने करिब पाँच करोड पुगेको छ ।
सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको छ नि ?
अहिले लगानी सम्मेलनको तयारी चलेको छ । नेपालको प्राकृतिक सम्पदा जलस्रोत लगायत पुरै सम्पदाहरू छन् । पर्यटकीय पूर्वधारहरू बनाउनु पर्नेछ । त्यस क्षेत्रमा काम गर्न सकिछ । मैले एउटा डेटा हेरिरहेको थिए । कोरोना अगाडि सन् २०१९ मा चिनबाट मात्रै १५ करोड चीनियाँहरू भ्रमणमा निस्किएका थिए । यो वर्षमा डेटा हेर्ने हो भने भारतबाट बाहिर निस्कने करिब ५ करोड पुगेका छन् ।
यो हाम्रो लागि यो ठूलो अवसर हो । छिमेकी राष्ट्रमा इन्डिया र चीनमा यस प्रकारको आर्थिक विकास भइरहेको छ । मान्छे घुम्न निस्केका छन्, मध्यम वर्ग घुम्ने क्रम बढेको छ ।