काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र डिजिटल वालेट, खल्तीबीच डिजिटल भुक्तानी का लागि रणनीतिक सम्झौता भएको छ ।
यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् ।
यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्ट बैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् ।
ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभि, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् ।
बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्ती बाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।
उक्त सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘डिजिटल नेपालको उदेश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५०ं बैंक सँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आईरहेको छ । यसै अनुरूप गरिमा विकास बैंक सँगको यो साझेदारीले डिजिटल नेपाल को यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौ ।’