२० प्रतिशत लाभांश घोषणा गरेको डिप्रोक्स लघुवित्तको नाफा १७ करोड ३५ लाख

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तले उल्लेख्य खराब कर्जा उठाएका कारण नाफा बढेको थियो । यद्यपि, सो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ऋणात्मक रहेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १।२० प्रतिशत घटेको छ भने ११ करोड ९ लाख ऋणात्मकबाट २३ करोड २ लाख धनात्मक भएको छ । सम्भावित जोखिम वापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको सञ्चालन मुनाफा धनात्मक बन्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३८ प्रतिशत बढेको छ भने जगेडा कोष ११.८० प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी २४.१७ प्रतिशत र निक्षेप ३१.३७ प्रतिशत बढेको छ भने कर्जा २७.८६ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ८१ पैसाबाट २८ रुपैयाँ ७७ पैसा घटेर ५० रुपैयाँ ४ पैसामा झरेको छ ।

असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ३२ पैसा रहेको छ । उक्त लघुवित्तले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स