अर्थमन्त्रीलाई सघाउन गभर्नर अधिकारी तयार, बाहिर हल्ला भएजस्तो अर्थतन्त्र नबिग्रिएको गरे उद्घोष

काठमाडौ । हिजो अर्थमन्त्रीको पदभार ग्रहण गरेका अर्थमन्त्री वर्षमान पुनसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ट्युनिक मिल्ने संकेत देखिएको छ । अर्थमन्त्रीलाई नसघाएको आरोप खेप्दै आएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिजो अबेर बेलुकासम्म बसेर उनले आफू मन्त्रीज्यूलाई सघाउन तयार रहेको बताएका हुन् ।

बुधबार नयाँ मन्त्रीलाई स्वागत गर्न साझ साढे ५ बजे नै अर्थ मन्त्रालय पुगेका गभर्नर अधिकारी साढे ३ घण्टा कुरेर अर्थमन्त्री पुनको कार्यशैली खुलेरै प्रशंसा गरेका हुन् ।

नवनियुक्त अर्थमन्त्रीको स्वागतमा बसेका गभर्नर अधिकारीले भने –‘यस अवसरमा माननीय अर्थमन्त्रीलाई हार्दिक स्वागत तथा शुभकामना दिन चाहन्छु । साथै सफल कार्यकालको शुभकामना दिन चाहन्छु । मैले यसभन्दा अघि पनि माननीय मन्त्री ज्यूसँग काम गर्ने अवसर पाएको थिए । त्यतिबेला म राष्ट्र बैंकको डेपुटी गभर्नर थिए । माननीय ज्यू अर्थमन्त्री रहनु हुन्थ्यो ।

म लगानी बोर्डमा हँुदा पनि माननीय ज्यूसँग काम गरे । ऊर्जा मन्त्री हुनुहुन्थ्यो । हामी सबैलाई थाहा छ । सबै मन्त्रालयमा उहाँले सफल रुपमा काम गर्नु भएको छ ।

हामी सबैको अपेक्षा पनि सोही रहन्छ कि यो सफलता अब पनि दोहोरिने छ । एउटा विशेषता मन्त्री ज्यूको टिमलाई विश्वास गर्ने । जब हाम्रा लिडरहरूले हामीलाई विश्वास गर्नुहुन्छ । जिम्मेवारी र जवाफदेहिता उत्तिकै बढी हुन्छ ।

समग्र अर्थतन्त्रको बारेमा विस्तारमा भन्ने नै छौ । छोटकरीमा भन्दा अर्थ सचिवले भन्नु भएको जस्तै वास्तविक क्षेत्र र सार्वजनिक वित्तमा एक खालको दवाव छ ।

त्यो बाहेकका अन्य क्षेत्रमा राम्रो सफलता मिलेको छ । बाहिर हल्ला गरिएको जस्तो स्थिति छैन । यो विषयमा पछि विस्तारमा चर्चा गर्ने नै छौं । म एक पटक पुनः हार्दिक हार्दिक शुभकामना दिन चाहान्छु ।’

विशेष गरेर अलि कम बोल्ने राष्ट्र बैंकका गभर्नरले खुलेरै नवनियुक्त अर्थमन्त्रीलाई सघाउने र अर्थतन्त्र बाहिर भनेजस्तो अवस्था नरहेको स्पष्ट पारेपछि अब अर्थतन्त्रले नयाँ प्रगतिको मोड लिने अपेक्षा गर्न सकिने भएको छ ।

हिजो बेलुका पदभार ग्रहणपछि अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रलाई चलायमान बनाउन सेयर बजारमा नीतिगत सुधार गर्ने र घरजग्गाको कारोबारलाई समेत सहजीकरण गर्ने बताएका छन् । यसका साथै लगानी सम्मेलनको विषयमा पनि अर्थमन्त्री पुनले विषय उठान गरेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स