स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्थापना

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । बैंकले उक्त एक्सटेन्सन काउण्टरबाट आज गतेदेखि कारोबार शुभारम्भ गरेको छ ।

सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरूले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्नेछन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स