अस्वस्थ प्रतिस्पर्धा रोक्न न्यूनतम प्रिमियम तोकिएको होः बीमा समिति

काठमाडौं । बीमा व्यवसाय गर्दा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै बीमा समितिले बीमाको न्यूनतम प्रिमियम तोकेको विरोधमा उत्रिएपछि ध्यानाकर्षण भएको बताएको छ । नियमनकारी निकाय बीमा समितिले मुलुकमा व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकेको स्पष्ट पारेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले कार्तिक १० गते जारी ध्यानाकर्षण भएको भन्दै ‘निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकिएकोमा महासंघले प्रेस विज्ञप्ती जारी गरेको थियो ।

निर्जीवन बीमा व्यवसाय गर्दा कमभन्दा कममा बीमा गराएका कारण अस्वस्थ प्रतिस्पर्धा भएको उसको भनाइ छ । निर्जीवन अग्नी, मोटर, इञ्जिनीयरिङ्ग, सामुन्द्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको समितिको ठहर छ ।

यसरी कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बीमाको पुनर्बीमा गर्न विभिन्न अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्ने गरेका र यस स्थितिमा निर्जीवन बीमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएकाले समितिले न्यूनतम प्रिमियम दर तोक्नु परेको स्पष्ट पारेको छ ।

जीवन बीमा वा निर्जीवन बीमा जुन गरे पनि बीमितको बीमा रकम सुरक्षित रहनुपर्दछ र बीमा कम्पनीहरुसँग भएका सम्झौता अनुसार बीमितले समयमा नै दाबी भुक्तानी पाउनुपर्दछ भन्नेमा समितिले जोड दिँदै आएको छ । समय समयमा बीमा कम्पनीहरुलाई निर्देशन दिने काम समेत हुँदै आएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।

नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाले अन्तर्राष्ट्रिय रुपमा समेत मान्यता पाउने खालको हुनु आवश्यक छ । यसो भएमा नेपालमा बीमा कम्पनीहरुले गर्ने बीमाको पुनर्बीमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुमा समेत हुने र बीमा कम्पनीहरुसँग भएको सम्झौता अनुसार बीमितले समयमै दाबी भुक्तानी पाउने अवस्था रहन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स