रास्वपा सभापति लामिछानेको नेतुत्वमा चार मन्त्री को को ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा चार मन्त्री सहित सरकारमा जाने भएको छ । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालयहरूको टुंगो लागेको थियो ।

नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै उपसभापति डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स