बीमक संघले सरकारबाट बीमाशुल्क प्राप्त नभएसम्म कृषि सम्बन्धी बीमालेख जारी नगर्ने

काठमाडौं । नेपाल बीमक संघले कृषिसम्बन्धी बीमा लेख जारी नगर्ने निर्णय गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै नेपाल बीमक संघले कृषि सम्बन्धी बीमालेख पुरा बीमाशुल्क प्राप्त नभएसम्म बीमालेख जारी नगर्ने जनाएको छ ।

सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हालसम्म करिब २ अर्ब बाँकी रहेको संघले जनाएको छ ।

बीमा ऐन, २०७९ अनुसार बीमालेखहरु उधारोमा जारी गर्न नपाइने भएकाले नेपाल सरकार कृषि मन्त्रालय तथा विभागहरुलाई पटक–पटक जानकारी गराएको संघले जनाएको छ ।

विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्षपश्चात मात्र प्राप्त हुने गरेको संघको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स