काठमाडौं । कांग्रसले नेकपा (एकीकृत समाजवादी) सँगको छलफल सकारात्मक भएको बताएको छ । बुधबार नेपाल निवास कोटेश्वरमा कांग्रेस सभापति देउवा र नेकपा समाजवादीका अध्यक्ष नेपालबीच परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अहिलेको तत्काल परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा दुई नेता बीच छलफल भएको बताए । उनले छलफल सकारात्मक भएकाले भेटघाटलाई निरन्तरता दिने जानकारी दिए ।
सचेतक लेखकले भने, ‘हामीले हाम्रो आधिकारित धारणा राखिसकेको छ । कांग्रेसको धारणा अहिलेलाई त्यही हो । पूर्वप्रधानमन्त्री माधव नेपालसँग अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको हो । यसलाई निरन्तर दिन्छौं। नयाँ राजनीतिक विकासका काममा छलफल हुन्छ । सबै राजनीतिक दलसँग छलफल भइरहेको छ ।’