आइसिएफसि फाइनान्सद्वारा ६.५० प्रतिशत लाभांश सेयरधनीको खातामा जम्मा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले सेयरधनीको डिम्याट खातामा लाभांश जम्मा गरेको छ । आइतबार आम्रपाली ब्यांक्वेट काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७९–८० को मुनाफाबाट चुक्ता पुँजीको ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीको बैंक खातामा पुस २९ गतेदेखि आइपीएस मार्फत नगद लाभांश जम्मा गरेको बैंकले एक सूचनामार्फत जानकारी गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ देखि २०७८/०८९ सम्मको साधारण सभाहरुबाट पारित नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई डिम्याट खाता खोलेको स्थानमा सम्पर्क गरी डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स