नेरुडे र मिर्मिरे लघुवित्त मर्ज भई एकीकृत कारोबार गर्ने मिति तय

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्ज भई एकीकृत कारोबार गर्ने मिति तय भएको छ । दुवै संस्था मर्ज भई फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

दुवै संस्था मर्जर भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ को नामबाट कारोबार हुनेछ ।

दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ ।

यसैगरी, धितोपत्र बोर्डले पनि कात्तिक २४ बोर्डले मर्जरका लागि स्वीकृति दिइसकेको छ ।

फागुन ३० गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेसन गर्न दुवै कम्पनीको फागुन २९ गते सबै सेवा अवरुद्ध हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स