तेस्रो लगानी सम्मेलन : १४ आयोजना मध्ये पौने २ खर्बका चार परियोजना अघि सार्दै लगानी बोर्ड

काठमाडौं । सरकारले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन गर्दै छ । सम्मेलनमा सरकारले १४ वाट आयोजनामा लगानी गर्न लागेको हो । जसमध्ये सरकारले ठुला चार परियोजनामा १ खर्ब ७४ अर्ब ४९ करोडबराबर रकम लगानी गर्ने अन्तिम सम्झौता तयारी गरेको छ ।

सम्मेलनमा तीन सय २७ मेगावाट अपर मस्र्याङ्दी–२, चीन नेपालमैत्री औद्योगिक पार्क र ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाटको सोलार प्लान्टको परियोजना विकास सम्झौता गर्ने तयारी गरिएको छ । त्यस्तै सम्मेलनमा डाबर नेपाल प्रालिको क्षमता विस्तार तथा उत्पादन विविधीकरण परियोजनामा लगानी सम्झौता गर्ने तयारी गरिएको हो ।

यी चारवटै आयोजनामा विदेशी लगानी आउँदै छ । क्षमता विस्तार तथा उत्पादन विविधीकरणमा डाबर नेपालले भारतबाट ९ अर्ब ६८ करोड ६३ लाख भारतीय लगानी ल्याउने भएको छ । यो लगानी आर्थिक वर्ष ०७८ माघ २५ मा लगानी बोर्डबाट स्वीकृत भइसकेको छ ।

लगानी सम्मेलनमा सोकेस गरिने परियोजनाहरूको अन्तिम सूची भने तयार हुन बाँकी छ । चारवटा जलाशययुक्त जलविद्युत्सहित १४ परियोजना लगानीका लागि सम्भाव्य, चार अझै थपिने सम्मेलनमा सोकेस गरिनेमध्ये हालसम्म थप १४ परियोजना भने लगानीका लागि सम्भाव्य देखिएका छ । बोडका अनुसार प्रस्तावलाई उक्त आयोजनाका रूपमा लगानी घोषणा गर्न पुग्ने गरी अध्ययन, मूल्यांकन तथा आधारभूत तथ्यांक तयार भइसकेको छ ।

लमजुङ र मनाङमा बन्ने तीन सय २७ मेगावाटको अपर मस्र्याङ्दी–२ मा पनि चीनको लगानी आउँदै छ । नेपालको बुटवल पावरसहित चीनको सिन्चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनलले यो परियोजनामा ७८ अर्ब ३० करोड ६४ लाख रुपैयाँ लगानी गर्दै छन् । आर्थिक वर्ष ०७७ असार ५ मा बोर्डले उक्त लगानी स्वीकृत गरिसकेको छ ।

झापाको दमकमा चीन सरकारको लगानीमा औद्योगिक पार्क बन्दै छ । आर्थिक वर्ष २०७६ साउन १७ मा बोर्डबाट स्वीकृत भएको थियो । ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेड र दमक क्लिन इन्डस्ट्रियल पार्कले संयुक्त रूपमा ६४ अर्ब ९० करोड लगानी गर्दै छन् ।

निर्माणमा जान लागेको सबैभन्दा ठूलो सोलार प्लान्टमा सिंगापुरको लगानी आउँदै छ । बाँके र कपिलवस्तुमा बन्ने १२५/१२५ मेगावाटको सोलार प्लान्ट परियोजना हो । ४० मेगावाटको ब्याट्री स्टोरेज प्लान्टसहित यो परियोजनामा सिंगारपुरको राइजेन इनर्जीले २१ अर्ब ६० करोड लगानी गर्दै छ । जुन लगानी रकम ०७५ साउन १ मा नै बोर्डबाट स्वीकृत भइसकेको छ ।

लगानीका लागि सम्भाव्य देखिएका १४ परियोजनामा चारवटा ठूला जलाशययुक्त आयोजना रहेका छन् । जसमध्ये २१८ मेगावाटको नौमुरे बहुउद्देश्यीय आयोजना, १,२१६ मेगावाटको खिम्ती ठोसे शिवालय, ६५० मेगावाटको कालीगण्डकी–२ र ३७७.१ मेगावाटको भारभुङ स्टोरेज जलविद्युत् आयोजना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स