एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् ।

सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिएको हो ।

यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएको हो । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स