रास्वपाः गृह रविलाई, अन्य तीन मन्त्रालयको दावी

काठमाडौं । गृह मन्त्रालयको दाबी गरिरहेको नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्यूनतम ४ मन्त्रालयमा दाबी रहेको पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।

गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने भएको हो । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने भएका छन् ।

‘गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन’, उपसभापति वाग्लेले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स