हिमालयन लाइफ इन्स्योरेन्सको व्यापार करिब १० अर्ब

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यापार ९ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको सात महिना साउनदेखि माघ महिनामा प्रथम बीमा र नवीकरण बीमा गरी २५ हजार ५१० पोलिसी जारी गरेर उक्त व्यापार गरेको हो ।

कम्पनीले माघ महिनामा प्रथम बीमा र नवीकरण बीमामा ३ हजार १९ पोलिसी जारी गरेर १ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा प्रथम बीमा व्यवसायबाट १४ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नवीकराण बीमा व्यवसायबाट १ अर्ब ५ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

पुष महिनामा कम्पनीले र नवीकरण बीमाम ४ हजार ०७२ पोलिसी जारी गरेर प्रथम बीमाम २४ करोड १८ लाख रुपैयाँ र नवीकरण बीमा १ अर्ब ५ करोड २६ लाख रुपैयाँ गरी १ अर्ब २९ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

मंसिर महिनामा प्रथम बीमा र नवीकरणबाट यस इन्स्योरेन्सले करिब पौन ७ अर्बको बीमा व्यवसाय गरेको थियो । सोमध्य नवीकरण बाट १ अर्ब ७३ करोड १६ लाख प्रिमियम संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । चालु आवको सोही अवधिमा कम्पनीले प्रथम बीमा शुल्कमार्फत ८१ करोड १३ लाख आर्जन गरेको छ ।

इन्स्योरेन्स कम्पनीले मंसिर महिनामा ३ हजार ८५५ बीमा पोलिसी जारी गरेर १ अर्ब ४३ करोड ३४ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कार्तिक महिनाको तुलनामा मंसिरमा कम्पनीको गरेको व्यवसाय ४५.४९ प्रतिशतले बढी हो ।

कार्तिक महिनामा कम्पनीले प्रथम र नवीकरण बीमामा २ हजार ३३० बीमा पोलिसी जारी गरेर ९८ करोड ५१ लाख प्रिमियम संकलन गरेको हो । कार्तिक महिनामा ३०.७४ प्रतिशतले व्यापार घटेको सो कम्पनीको व्यवसाय मंसिर महिनामा ४५.४९ प्रतिशतले बढेको थियो ।

कम्पनीले असोज महिनामा ३ हजार ८९१ बीमा पोलिसी जारी गरेर १ अर्ब ४२ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको व्यवसाय भदौ महिनामा ३९.४३ प्रतिशतले वृद्धि भएको व्यापार असोज महिनामा ४७.३४ प्रतिशतले व्यवसाय घटेको होे ।

कम्पनीले भदौ महिनामा प्रथम बीमा र नवीकरण बीमा गरी २ हजार ८३२ बीमा पोलिसी जारी गरेर १ अर्ब २ करोड २ लाख प्रिमियम संकलन गरेको थियो । कम्पनीले साउन महिनामा ५ हजार ५७० बीमा पोलिसी जारी गरेर १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स