चारदलबीच आगामी सरकार सञ्चालन गर्नेदेखि राष्ट्रियसभाका अध्यक्ष चयनसम्मको ८ बुँदे सहमति

काठमाडौं । नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । माओावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री विघटन गरी नयाँ बनाउन काँग्रेससँग सत्ता साझेदार तोडेर एमालेसँग समझदारी गरेपछि आज चार दलबीच सहमति भएको हो ।

मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । ‘मन्त्रालय बाँडफाँट गर्दा मन्त्रालयहरूको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने’ सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने ।’

साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।

एमाले महासचिव शंकर पोखरेलले सुशासन र डेलिभरीलाई प्रभावकारी ढंगले सम्बोधन गर्ने र नयाँ आशा जगाउने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको बताए ।

एकीकृत समाजवादी, लोसपा लगायतका दलहरुलाई समेत सरकारमा समेट्न प्रधानमन्त्रीले पहल थालेको भन्दै उनले भने, ‘तर सुशासन र डेलिभरीको पक्षमा सक्षम टिम बनोस् भन्ने चाहेका छौं ।’

रास्वापा उपसभापति स्वर्णीम वाग्लेले प्रधानमन्त्रीले नयाँ शिराबाट अगाडि बढ्न खोजेकाले निश्चित एजेण्डा बोकेर यो यो काम गर्ने भनेर सरकारमा सामेल भएको बताए । उनले भने, ‘त्यसअनुसार काम गर्न नसकेको दिन सरकार छाड्छौं । तर आश छ, दूरगामी दृष्टिकोण राखेर सहकार्य भएकाले त्यो दिन आउने छैन भन्ने विश्वास छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स