काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।
कम्पनीले चैत्र १३ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभाको प्रयोजनार्थ फागुन ३० गते बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।