गठबन्धन भत्किएसँगै विष्णु पौडेल अर्थमन्त्रीको लाइनमा, पुन गृहमन्त्रीमा

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा माओवादी र नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

काँग्रेसलाई सरकारबाट हटाएर एमालेसँग नयाँ गठबन्धन बनाई मन्त्रिमण्डल पुनर्गठन हुन लागेको छ ।जसमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ । माओवादी केन्द्रका तर्फबाट नयाँ गठबन्धनका लागि वर्षमान पुनलाई गृहमन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।

नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स