सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार स्थगित

काठमाडौं । सेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगित भएको छ ।

आज ११ः३ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेकपछि बजार खुलेको २ मिनेट भित्र मै दोस्रो सर्किट ब्रेक लागेको हो ।

सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । हालको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै बजारमा एकाएक उच्च वृद्धि देखिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स