सबैको लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फाल्गुण १९ गते शनिबार तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. ५ याम्पाफाँट स्थित मस्र्याङ्दी रिभर भ्यू रिसोर्टमा सम्पन्न भएको हो ।

वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद जोशीको सभाध्यक्षतामा सम्पन्न सो साधारण सभामा अध्यक्ष जोशीले आ.व. २०७९।८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । यस वार्षिक साधारण सभाले आ.व.२०७९।८० वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९।८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

यसै गरी लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको छ । त्यसैगरी विशेष प्रस्ताव तर्फ सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि दुवै वित्तीय संस्थाको चल अचल सम्पत्ति, दायित्व तथा कारोवारको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध ब्यवस्था समेतको आधारमा संयुक्त मर्जर समितिको सिफारिशको आधारमा यस वित्तीय संस्थाको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम १ः१ (साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको एक कित्ता सेयर बराबर सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको एक कित्ता सेयर) हुने गरी सेयर अनुपात कायम गरी साधना लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर गर्नका लागि स्वीकृति प्रदान गर्ने, दुवै संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि तथा अन्तिम सम्झौतापत्र लगायत मर्जर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, दुवै संस्था एक आपसमा गाभिए पश्चात् गठन हुने सञ्चालक समितिमा यस लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने, यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका साविक सञ्चालक समितिका पदाधिकारीहरुको कार्यकाल जतिसुकै बाँकी भए तापनि गाभ्ने÷गाभिने (मर्जर) कार्य सम्पन्न भई एकीकृत कारोवार गरी दुवै वित्तीय संस्थाबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भए पश्चात् विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने साथै नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछिको संस्थाको पहिलो वार्षिक साधारण सभा नभएसम्म मात्र कायम रहने सम्बन्धी प्रस्ताव पारित गर्ने, दुवै संस्था एक आपसमा गाभिए पश्चात् बन्ने लघुवित्त वित्तीय संस्थाको नेपालीमा नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम गरी सो नामबाट वित्तीय कारोवार गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, दुवै संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) कार्य पश्चात् हुने संस्थाको नाम, ठेगाना, अधिकृत पूँजी, जारी पूँजी, चुक्ता पूँजी, सेयर संरचना लगायतमा परिवर्तन हुने भएकोले सो बमोजिम हुने गरी प्रवन्धपत्र र नियमावलीको तीन महलेमा उल्लेख भए अनुसारको आवश्यक दफाहरु तथा नियमहरु संशोधन÷परिमार्जन गर्ने तथा पारित प्रस्ताव नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिने र अभिलेख गर्ने क्रममा आवश्यक थपघट संशोधन वा परिमार्जन गर्नु परेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, वित्तीय संस्थाको अधिकृत पूँजी मर्जरपश्चात ४० करोडबाट वृद्धि गरी ९० करोड र जारी तथा चुक्ता पूँजी ३१ करोड ८६ लाखबाट ७० करोड ०८ लाख ५८ हजार ३४५ पु¥याउने, मर्जर पश्चात् नेपाल राष्ट्र बैंकको स्वीकृति लिई वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय कार्यालय) चितवन जिल्लामा स्थानान्तरण गर्नको लागि प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था प्राप्ति गर्ने प्रयोजनार्थ उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग प्राप्ति सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने, डीडीए गर्ने र प्राप्ति सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रकृया सुरु गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, उपरोक्त बमोजिमका विशेष प्रस्तावहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवम् परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवम् परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न/गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै सेयरधनीहरुले साधारण सभामा आफनो राय, सुझाव पेश गरेका थिए ।
साधारण सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तब्य दिएका थिए ।

सो साधारण सभाको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव केशव कुमार पौडेलले गरेको थियो भने स्वागत मन्तब्य वित्तीय संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले गरेका थिए । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित सेयरधनीहरुले सर्वसम्मतिबाट पारित गरेका थिए । यस वित्तीय संस्थाका सञ्चालक प्रदिप सिग्देल (शर्मा)ले मन्तब्य सहित धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स