नेप्सेमा दुई इन्स्योरेन्ससहित सात कम्पनीको करिब दुई करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता दुई इन्स्योरेन्ससहित सात कम्पनीको करिब दुई करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । फागुन १३ गतेदेखि १७ गतेसम्ममा सात कम्पनीको कुल १ करोड ८१ लाख ३४ हजार ७४३.२४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ७.५० प्रतिशतले हुन आउने ८ लाख ६० हजार ८०९.४६ कित्ता सेयर सूचीकृत भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत हुन आउने २३ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सुचीकृत भएको छ ।

राधि विद्युत कम्पनीको ४.७५ प्रतिशतले हुन आउने ७ लाख ९६ हजार ९०।४१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

नेपाल इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने कुल १४ लाख ९४ हजार ७६६ कित्ता सेयर सूचीकृत भएको छ ।

शिवम् सिमेन्ट्सको १४.२५ प्रतिशतले हुन आउने ६२ लाख ७० हजार कित्ता सेयर सूचीकृत भएको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशतले हुन आउने ४४ लाख ९८ हजार ०७७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स