४ मन्त्रीले राजीनामा दिँदै, अन्य पनि दिने तयारीमा

काठमाडौं । आइतबार ४ मन्त्री राजीनामा दिने भएका छन् । स्वास्थ्य मन्त्री मोहन वहादुर बस्नेत, संस्कति पयर्टन तथा नागरिक उड्डन मन्त्री सुदन किराती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा दिन लागेका हुन् ।

राजीनामा दिन लागेका ४ मन्त्रीमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन वहादुर बस्नेतले पर्सी आइतबार नै राजीनामा दिने तयारी गरेका छन् । विभिन्न विवादमा तानिदै आएका संस्कृति पयर्टन मन्त्री सुदन किराँतीले पनि राजीनामा दिने बुझिएको छ भने मन्त्री नियुक्त भएदेखि नै राम्रो प्रपमेन्स गर्न नसकेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पनि आफ्नो मन्त्री पदबाट राजीनामा दिने भएका छन् । त्यस्तै बालकुमारी घट्ना पछि विवादमा तानिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि राजीनामा दिने भएका उच्च स्रोतले जनाएको छ ।

सत्तारुढ गठबन्धनबीच मन्त्रिमण्डल पुनर्गठनका लागि सहमति बनेपछि माथि उल्लेखित मन्त्रीहरूलाई राजीनामा दिन लगाउन लागिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई परराष्ट्र मन्त्रीको जिम्मा दिने सहमति भएको बुझिएको छ । गृह मन्त्री फेर्नै पर्ने दवावमा रहेका प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पठाउने मन्त्रालय भने सिफारिस गरिसकेका छैनन् । गृहमा भने कांग्रेस सभापति शेरवहादुर देउवाको सिफारिसमा कृष्ण प्रसाद सिटौलालाई दिने विशेष स्रोतले बताएको छ ।

गृहमन्त्री श्रेष्ठले अर्थ वा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाहिने अडान राखेपनि उनलाई कहाँ लैजाने टुंगो भने लगाउनै बाँकी रहेको छ । कांग्रेसले गृह मन्त्रालय लिएर माओवादीलाई अर्थ मन्त्रालय दिने मोटामोटी समझदारी बनेको छ । सोही समझदारीको आडमा मन्त्री श्रेष्ठले अर्थ मन्त्रालय माग गरेका हुन् ।

अर्थमन्त्रीमा बन्नका लागि माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा दुबैले लबिङ गरिरहेका छन् । यस अघि पनि अर्थमन्त्री बनिसकेका वर्षमान पुनले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने इच्छा राखेपनि सरकराले उनलाई अर्थमन्त्री बनाउने सम्भावना छ । प्रधानमन्त्री प्रचण्डले अहिलेका अर्थमन्त्री डा. महतको नेतृत्वमा नयाँ बजेट र लगानी सम्मेलनसम्म जानै नसकिने बरु गठबन्धन नै फेर्ने चेतावनी दिएपछि देउवा पनि मन्त्रीमण्डल पुनर्गठनका लागि तयार भएका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स