‘बैंकिङ क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्छ’

काठमाडौं । निजी क्षेत्रका छाता संगठनहरूले बैंकिङ क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्ने बताएका छन् ।

निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्नेतर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गरेको हो ।

धितो मूल्यांकनलाई आधार बनाएर दिइएको कर्जाका सम्वन्धमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पक्राउ गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको निजी क्षेत्रका छाता संगठनहरूले बताएका छन् ।

बैंक वित्तीय संस्थाहरू नीति नियम अनुसार तोकिएको अधिकारभित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन् । साथै, बैंकका कर्मचारीले कुनै निर्णय गर्दा कर्मचारी तथा संचालक समितिले तोकेका सिद्धान्त, विधी एवं नियमकै पालना गरी असल नियतवाट कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

निति तथा निर्देशनमा रही काम गर्दै आएका बैंकका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरूले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको हो की भन्ने देखिएको छ, यस्ता कार्यले बैंकरहरूको कार्य दक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवं मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने र त्यसको असर समग्र अर्थतन्त्रको वृद्धि विकास असर गर्न सक्छ ।’

कारोबारको प्रकृति अनुसार विभिन्न प्रकारका कर्जा प्रवाहित हुंदै आएका छन् । स्थीर पुँजी कर्जातर्फ जग्गा, भवन, मेशिनरी आदीको सोही सम्पति धितो राखी कर्जा उपलब्ध हुने र चालु पुँजीतर्फ व्यवसायले उत्पादन, कारोबारको सामानको स्टक, बिक्रीवापत उठाउन बाँकी सम्पतिलाई आधारमानि कर्जा उपलब्ध हुँदै आएको छ । बैंक वित्तीय संस्थाहरूले लगानीको निर्णय गर्दा जोखिम व्यवस्थापनको अध्ययन गरी कर्जा प्रवाह गर्ने गरेका तीनवटै संगठनको दाबी छ ।

‘कर्जा प्रवाह गर्दा धितो मूल्यांकन गर्नु पर्ने हुन्छ । राष्ट्र् बैंकले समय समयमा देशमा कार्यरत बैंक वित्तीय संस्थाहरूको स्थलगत तथा गैरस्थलगत निरिक्षण गर्दै आएको छ । नियामकले आफ्नो जिम्मेवारी उचित तरिकाले निर्वाह गरी बैंक वित्तीय संस्थाहरुलाई उचित मार्गदर्शन समेत दिई आएका छन् । कर्जा प्रवाह गर्दा कर्जाको मूल्यांकन हुनु पर्ने देखिन्छ ।

तथापी मानवीय त्रुटी वा कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीहरुलाई प्रचलित कानून बमोजिम कारवाई हुनु पर्छ भन्नेमा हामी स्पष्ट छौ,’ विज्ञप्तिमा भनिएको छ ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/03/11-1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स