महाशिवरात्रिको अवसरमा बन्दीपुर केबलकारले भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा कार्यक्रम आयोजना गर्ने

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले महाशिवरात्रिको पावन अवसरमा केबलकार चोक, ठूल्ढुंगा, बन्दीपुर (बटम स्टेसन) मा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा तथा अभिषेक कार्यक्रम आयोजना गरेको छ ।

उक्त दिनमा भजन सहित शिव धुनी कार्यक्रम पनि हुने हुँदा भक्तहरू र स्थानीयहरूलाई उक्त कार्यक्रमको उत्सवमा सामेल हुँदै महाशिवरात्रिले ल्याउने दिव्य ऊर्जामा सहभागी हुन र अभिषेक समारोहको साक्षी हुन कम्पनीले आमन्त्रित समेत गरेको छ ।

यो धार्मिक कार्यक्रम मात्र नभई समुदायलाई नै एकताबद्ध हुन, एकता र साझा आध्यात्मिकताको भावना जगाउने माध्यम पनि रहेको हुँदा यस कार्यक्रमले विभिन्न समुदायका मानिसहरूलाई आकर्षित गर्ने अपेक्षा समेत कम्पनीले गरेको छ ।

कम्पनीले जारी पुँजी २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम ३० करोड ६० लाख बराबरको १०० अकिंत दरमा ३० लाख ६० हजार कित्ता सेयर मध्ये २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने सेयर सर्वसाधारणहरूमा निष्काशन गरी आईपीओ बिक्री गर्ने कम्पनीका सचिवले बताए । साथै बन्दीपुर केबलकार २०८१ वैशाख १ गते देखि सञ्चालनमा ल्याउनका निमित्त तयारी व्यापक रूपमा अगाडि बढिरहेको समेत उनले बत्ताए ।

सो परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको र सो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ । परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपियाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड रहेको कम्पनी का वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स