काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेको छ ।
बिहीबार सेन्सेटिभ इन्डेक्स ४.४२ अंकले बढेर ५२०.९८ विन्दुमा पुगेको छ ।
आज २२२ कम्पनीका सेयर ५९ हजार १४० पटक कारोबार भएको छ ।
९२ लाख ३६ हजार ६१३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।