बिवाइडी सिल ‘वोर्ल्ड कार ओफ द यर’ २०२४’को टप तीन प्रतियोगीहरूको घोषणा

काठमाडौं । ‘२६ फब्रेअरीको जेनेभा मोटर शोमा वोर्ल्ड कार अवार्ड २०२४ को लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ।

बिवाइडीको मोडल बिवाइडीले सेलले ‘वोर्ल्ड कार ओफ द यर’ र बिवाइडी डोलफीनले ‘वोर्ल्ड अरबन कार’ श्रेणीहरूमा टप तीन स्थान हासिल गर्दै, क्रमशः प्रतिस्पर्धामा अगाडि बढेका छन्। बिवाइडीले ‘वोर्ल्ड कार अवार्ड’ श्रेणीको शीर्ष तीनमा सुचिकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ।

विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारको रूपमा चिनिएका ‘वोर्ल्ड कार अवार्ड’, ‘युरोपीयन कार ओफ द यर’, र ‘नोर्थ अमेरिकन कार ओफ द यर’ अत्यधिक रुपमा प्रशंसित छन्। ‘विश्वमा अटोमोटिभ ओस्कर’ को नाममा प्रसिद्ध भएको ‘वोर्ल्ड कार अवार्ड’ विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ। बिवाइडीको असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको हो।

यी दुई मोडेलहरूले, आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबूत सुरक्षा विशेषताहरूको कारण , २९ देशका १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ।

विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रणीको रूपमा, बिवाइडीले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर, ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो जुन चाहि चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो ।

अहिलेसम्म, बिवाइडीले छ महादेशका ७० देशका ४०० भन्दा बढी शहरहरूमा प्रभावकारी उपस्थिति प्रस्तुती गरिसकेको छ। २०२३ मा, बिवाइडीका ग्राहकको व्यापक प्रशंसा र रोजाई जित्दै विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा अग्रणीको रूपमा उदाएको छ, जसमा थाईल्यान्ड, सिङ्गापुर, कोलम्बिया, र ब्राजिल लगायतका देशहरु समावेस छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स