गृहमन्त्रीदेखि गभर्नर तथा सीआईबी प्रमुखलाई भेटेर आतंकबाट मुक्ति पाउन बैकरहरूले एकैदिन गरे चार मिटिङ

काठमाडौं । हाल बैंकिङ क्षेत्रमा भएको प्रहार र सीआईबीको धरपकडबाट मुक्ति पाउन बैकरहरूले गृहमन्त्रीदेखि राष्ट्र बैंकका गभर्नर तथा सीआईबी प्रमुख समेतलाई भेटेर एकै दिन चार मिटिङ गरेका छन । कमसल धितोमा ऋण दिएको भन्दै सीआईबीले बैंकका कर्मचारी समाउन थालेपछि बैंकरहरू साझा एजेण्डा बोकेर मैदानमा उत्रिएका हुन् । यसले बैंकरहरूको एकता थप मजबुत बन्दै छ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय सस्थाका सीईओहरूको साझा सस्थाहरूले संयुक्त धारणा सार्वजनिक गर्दै बैंकरहरूमाथिको धरपकड रोकिनुपर्ने बताएका हुन् ।

राष्ट्र बैंकको नीति नियम र सस्थाको कर्जा नीति अनुसार असल नियतका साथ कर्जा प्रवाह गर्दा फाइलमा हस्ताक्षर गरेकै आधारमा पक्राउ गरिनु सर्वथा गलत भएको बैकरहरूले बताउँदै आएका छन् । यतिबेला आफूहरू एकदम चिन्तित तथा आतंकित बनेको उनीहरूले बताएका छन् । बैंकरहरुले पहिले सुनेर अनि मात्रै थुन्ने नीति हुनुपर्ने तर प्रहरीले पहिले थुनेर अनि मात्रै सुन्न थालेकोमा उनीहरूले आपत्ती जनाएका हुन् ।

प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृतसहित पूर्व सीईओ तथा बहालवाला बैंकर पक्राउ गरेपछि नेपाल बैंकर्स संघ सीआईबी, राष्ट्र बैंक हुँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेको हो । संघ पुनः सीआईबी कार्यालय पुगेको छ । कमसल धितोमा ऋण दिएकै भरमा प्रभु बैंकका बरिष्ठ डीसीओ मनोज न्यौपाने, तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद गौतमलगायत १० बैंकरलाई पक्राउ गरेर थुनामा राखेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स