अर्थतन्त्र संकटमा हुँदा सरकारको झन निराश बनाउने व्यवहार !

काठमाडौं । अर्थतन्त्र सूचकहरु कमजोर बनेका छन् । निराश हुने स्थित नै भने छैन । पछिल्लो समय निजी क्षेत्र र वित्तीय प्रणालीमा भने निराशा नै छाएको छ । केहि बैंकको निस्क्रिय कर्जा स्थिति विगत भन्दा केहि बढेको तर औषत दर भन्दा राम्रो रहँदा पनि त्यसमा आधारित रहेर चौतर्फी हमला भयो ।

त्यस्तै गरि पुँजीकोष निश्चित दायरा राख्नृ भनेर नियामकले तोकेको छ । बैंक पुँजी कोष पुरा नगर्नेलाई नियमकले नै कारवाही र चेतावानी दिएर सुधार गर्न समेत लगाउँछ । बैंक तथा वित्तिय संस्था नेपालको सबै भन्दा राम्रो नियमकीयको छत्रछायाँमा छन् । यद्यपि यी क्षेत्रमाथि सर्वसाधारणसम्म असर पुर्याउने गरि हमला भयो । यसैबीच पछिल्लो समय समग्र बैंकलाई नै आतंकित पार्ने गरि बैंक माथि प्रहार भैरहेको छ । मंगलबार प्रहरी प्रशासनले १० बैंकलाई समातेको विषयले त वित्तीय क्षेत्र झनै तनावमा छ ।

बैंक तथा वित्तिय कम्पनीले व्यवसायीक कर्जा प्रदान गर्दा अचल सम्पत्ति मात्रै नभई मौज्दात र प्राप्तीलाई समेत आधार मानेर कर्जा प्रवाह गर्न सक्दछ । बैंकले गरेको लगानीले सबै ठाँउमा उच्च प्रतिफल नपाउन सक्छ । कुनै व्यवसाय डुब्न सक्छ । प्राप्ती र मौज्दातलाई आधार मारेर भएको ऋण प्रवाहले धितो लिलामीमा ‘रिक्स जेनेरेट’ पनि गर्न सक्छ । अन्य व्यवसायको जस्तै बैंकले पनि ‘रिक्स’ लिएर लगानी गरेको हुन्छ ।

यस्तै विषयमा प्रहरी प्रशासनले सिधै बैंकरलाई समेत समातेको छ । एका तर्फ सरकारले आफैले एक किसिसको धरपकड गरिरहेको छ भने अर्को तिर भ्रम सिर्जना गर्नेलाई कारवाहीको दायरामा ल्याउन सकिरहेको छैन । यस्तै अवस्थामा सरकारले भने अर्थतन्त्र सुधार तर्फ गयो भन्न छोडेको छैन ।

गत हप्ताको कुरा हो, अर्थमन्त्री डा.प्रकारशरण महतले नेपाली कांग्रेसको विधान अधिवेशनको उद्घाटन कार्यक्रमामा आफूले अर्थतन्त्र सुधारेको दावी गरे । उनको दावी सरकारी तथ्यांकले पत्याउँलान् तर उनकै कार्यक्रममा सहभागी कांग्रेस समर्थित व्यवसायीले भने पत्याउन सकेनन् ।

आफूहरूले व्यवसाय गरेकै कारण दैनिक रुपमा खेपेको सास्तीका बीचमा अर्थमन्त्रीको दावी सरकारी बोलीमात्रै थियो, अन्य फरक थिएन । पछिल्ला वर्षहरूमा सरकारी आर्थिक तथ्यांक र आर्थिक क्षेत्रमा काम गर्नेहरूले भोगेको सास्तीका बीचमा मेल खान सकेको छैन, खाडल गहिरिदै गएको छ ।

यो गहिराईले कसलाई कतिखेर पुर्छ भने त्रासका बीचमा व्यवसायी जनतन शाहस जुटाएर काम गरिरहेका छन् । नढाटी भन्नु पर्दा अहिलेको ‘उद्दार अर्थतन्त्रको जग नेपाली कांग्रेसको हो । तर, पछिल्लो समयमा कांग्रेसले उक्त जगमा बन्दै वा ठडिदै गरेको महललाई जोगाउन खोजेको देखिदैन । जसका कारण उद्दार अर्थतन्त्रका आधारहरू भत्किदै गएको देखिएको छ।

संविधानले व्याख्या गरे जस्तो समाजवाद उन्मुख अर्थतन्त्रको जग खन्नै सकिएन । यो दुविधाकोबीच अर्थतन्त्रका हिमायतीहरूको निरासा कस्ले बुझ्ने ? र्योे अर्को दुविधा थपियो । अर्थतन्त्र विगतमा गरेका गल्तीहरूका कारण धरासायी बन्दै गएको हो । यो सुध्रिन पनि समय लाग्छ । तर, सुधार्ने खेलाडीको सोच सकारात्मक हुनुपर्यो । अहिले अर्थतन्त्रका सबै खेलाडीहरू अर्थतन्त्र सुधार्न सकारात्मक छैनन् । पछिल्लो समयमा निजी क्षेत्रमाथि सरकारले गरेका श्रृखला बद्ध प्रहारहरूले यो क्षेत्रलाई व्यवसाय छाड्नेसम्मको सोचमा पुर्याएको छ ।

यो बीचमा सरकारले सबै गरे भने भनेर भाषण ठोके पनि निजी क्षेत्रको मनोबल उठाउने काम गर्दै गरेको देखिदैन । अर्थतन्त्र निर्माणमा ८० प्रतिशत योगदान दिएको दावी गरिरहेका उद्यमी व्यवसायीमाथि यसरी धावा बोल्नु भनेको देशको समग्र अर्थतन्त्रलाई नै दुर्घटनामा धकेल्नु हो ।

कहिले कसका नाममा त कहिले कसका नाममा उद्यमी व्यवसायी मारमा परिरहेका छन् । दिन प्रतिदिन उनीहरूको मनोबल घटाउने काम भइरहेको छ । उद्योगी व्यवसायीलाई रुष्ट बनाएर कसरी सरकारले समृद्धी हासिल गर्न सक्छ ।
कसरी पत्याउँछन् विदेशी लगानीकर्ताले नेपाललाई । यहि जटिल परिस्थितिमा सरकारले आगामी वैशाख १६/१७ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको छ ।

विदेशी धनाढ्यले नेपाललाई देशलाई हेरेर भन्दा पनि यहाँको उद्यम व्यवसाय सम्भावना, अवसर र चुनौतीलाई हेरेरे लगानी गर्ने हुन् । लगानी गर्न आउने लगानीकर्ता त्यहि उद्यमीसँग छलफल गरेर आउँछन् । उनीहरू देश अवस्था, ऐन कानुनको परिधि सबै हेरेर लगानी गर्ने हुन् । अहिले सम्म नेपालको स्थिति बुझ्ने प्रयासमा छौं भन्ने विदेशीहरु अब भने प्रश्न गर्न तयारी देखिन्छन् ।

बतास अर्गनाइजेशलाई पहिलो गोटी बनाएको सरकारले सिभिल सहकारीका संस्थापक इच्छाराज तामाङदेखि ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका मालिक मीनवहादुर गुरुङ हुँदै अहिले चौधरी ग्रूपसम्म पुगेको छ । व्यवसायीलाई पहिला थुन्ने त्यसपछि मात्रै सुन्ने काममा यो सरकार निकै अगाडि छ ।

आफ्नो व्यवसाय गरेर हजारौलाई रोजगारी प्रदान गरिरहेकाहरुलाई व्यवसायीक गल्तिकै कारण थुन्ने काम भएको छ । यसले नेपालको औद्योगिक तथा व्यवसयीक वातावरण सुध्रदै जानुको साटोमा बन्द गर्ने र पलायन हुने तिर अघि बढिरहेको छ ।
विश्वमा नै कयौं मुलुक आर्थिक संकटमा छन् । त्यसको प्रभाव नेपालमा पनि परिरहेको छ । यसबाट पार पाउनुको साटो नेपाल सरकारले भने व्यवसायीक वातावरण कमजोर बनाएर सर्वसाधारणलाई समेत विदेश पलायन गराउने मानसिकता ‘सेट’ गराउन तर्फ तत्पर छ । यसो भन्दै गर्दा फेरि दोषीलाई कारवाही गर्न हुँदैन भन्न भने खोजिएको होइन ।

दोष के हो र त्यसको कारवाहीको प्रक्रिया के हो भन्ने विषय अहिले महत्वपूर्ण छ । कसैले ज्यान मारेमा, राष्ट्रघात गरेमा , बलत्कार गरेमा, जघन्य अपराध गरेमा समातेर कारवाही प्रक्रिया चलाउनु पर्ने गर्ने हुन्छ । तर, ५० औं वर्ष अघि व्यवसायीक रुपमा केहि दायरा पार गरेको, व्यवसयामा नीतिगत त्रुटी गरेको विषय वस्तु निकालेर सस्तो लोकप्रियको लागि सरकार अघि बढ्नुले देशको अर्थतन्त्र झनै बिग्रदो वातावरण तर्फ अघि बढेको छ ।

एक तर्फ अर्थतन्त्र कमजोर बनिरहेको अवस्था त अर्को तर्फ लगानी सम्मेलनको तयारीमा जुटेको सरकार । लगानीको लागि लचक नीति लिनुको सट्टामा सरकार उल्ट बाटो हिडिरहेको छ । दिन प्रतिदिन उद्यमी व्यवसायी र अर्थतन्त्रका खम्बाका हिमायतीहरू रुष्ट बनाइरहेको छ र अझ भन्नु पर्दा सरकारले उनीहरूलाई रुष्ट बनाइरहेको छ ।

सरकारले साच्चै अर्थतन्त्रमा सुधार चाहन्छ, समृद्ध नेपाल भएको हेर्न चाहन्छ भने आफू सफल बनेर देशलाई सुधार्ने हो भने सबैभन्दा पहिला आफ्नै देशका उद्यमी व्यवसायीमाथिको प्रहारलाई छाड्नु पर्छ । उद्योगी व्यापारीलाई सम्मानका साथ बाच्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।

देशमा उद्यम व्यवसाय गरेर रोजगारी सिर्जना गर्ने, देशलाई आत्मनिर्भर बनाउन खोज्ने, राष्ट्रको ढुकुटी भर्ने उद्यमी व्यवसायीको हातमा कति खेर सरकारले हतगढीको उपहार दिने हो भन्ने चिन्तामा निजी क्षेत्र छ । सरकारको काम भनेको अर्थतन्त्रको यी खम्बालाई संरक्षण गर्ने हो, सहयोग र संरक्षण गर्ने हो न कि हतोत्साहित ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स