नेप्सेमा नबिल बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य १००० रूपैयाँ कायम भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

‘९% नबिल डिबेञ्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत फागुन ८ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।

योसँगै आज (फागुन १६ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।

बैंकले गत मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘९% नबिल डिबेञ्चर २०८७’नामक ऋणपत्र निष्काशन गरेको थियो ।

नेप्सेले यसलाई कारोबारका लागि ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स