निर्जीवन बीमा कम्पनीको कारोबार ९ अर्ब ६९ करोड, शिखर इन्स्योरेन्स अर्ब क्लबमा अन्यको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

२० वा निर्जीवन बीमा कम्पनीहरुले पहिलो ३ महिनामा ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । गत वर्षको सोही अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीहरुले बीमा शुल्क संकलन २७.३८ प्रतिशत बढाएका हुन् ।

गत वर्ष सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
बीमा समितिका अनुसार १९ निर्जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासमा ७ लाख ३० हजार ९९७ वटा बीमा लेख बिक्री गर्न सफल भएका छन् ।

गत वर्ष सोही अवधिमा ७ लाख ३२ हजार ३५९ वटा बीमा लेख बिक्री गरेका थिए । गत वर्षको तुलनामा चालु आवमा निर्जीवन बीमा कम्पनीहरुको बीमा लेख संख्या ०.१९ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । पहिलो ३ महिनामा शिखर इन्स्यारेन्सले १ अर्ब ३२ लाख ६९ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । उक्त अवधिमा कम्पनी ६७ हजार ९७ वटा बीमा लेख बिक्री गर्न सफल भएको छ ।

सबैभन्दा बढी बीमालेख बिक्री गर्नेमा नेको इन्स्योरेन्स अग्र स्थानमा छ । इन्स्योरेन्सले पहिलो ३ महिनाभित्रमा ८१ हजार ५५६ वटा बीमालेख बिक्री गरी ८१ करोड २८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनी बीमाशुल्कको आधारमा भने तेश्रो स्थानमा छ ।

त्यस्तै, सबैभन्दा बढी बीमाशुल्क आर्जनमा सगरमाथा इन्स्योरेन्स दोश्रो स्थानमा रहेको छ । इन्स्योरेन्सले ६६ हजार ९४० वटा बीमालेख जारी गरी ९० करोड ६७ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरुको असोज मसान्तसम्मको विवरण

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स