धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । बुधबारबोर्डले एक सूचना प्रकाशित गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

बोर्डले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ । इच्छुक आवेदकले आज (फागुन १६ गते) देखि १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने छ ।

इच्छुक आवेदकको शैक्षिक योग्यता कम्तीमा स्नाकोत्तर गरेको र धितोपत्र बजार व्यवस्थापन,पुँजी बजार विकास,आर्थिक ,वित्तीय वाणिज्य,व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि गत पुस २० गतेदेखि अध्यक्षविहिन रहेको छ । हमाल बाहिरिएसँगै धितोपत्र बोर्डका वरिष्ठ अधिकारी नवराज अधिकारीलाई निमित्तको अधिकार सुम्पिएको थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स