सात महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार २२ अर्ब ४६ करोड, शिखर इन्स्योरेन्स पहिलो स्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा निर्जीवन बीमा कम्पनीहरूले १७ लाख २ हजार ९८७ बीमा पोलिसी जारी गरेर २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँको व्यापार गरेका छन् । बीमा कम्पनीहरूले गत आवको सोहि अवधिमा २३ अर्ब ६ करोड २९ लाख रुपैयाँको व्यवसाय गरेका थिए । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बीमा व्यवसाय गर्ने बीमकहरूको व्यवसाय यस अवधिमा २.६० प्रतिशतले कम हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनासम्मा तीन निर्जीवन बीमा कम्पनीको व्यापार २ अर्बभन्दा माथि छ भने ७ कम्पनीहरूको बीमा व्यवसाय १ अर्ब माथि देखिन्छ ।

देशमा संचालित निर्जीवन बीमा कम्पनीमध्ये आर्थिक वर्षको सात महिनामा सबैभन्दा बढि व्यापार गर्ने बीमा कम्पनीहरूमध्ये पहिलो शिखर इन्स्योरेन्स छ भने दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी बनेको छ ।

माघ महिनासम्म शिखर इन्स्योरेन्सले एक लाख ७८ हजार ९१२ बीमा पोलिसी जारी गरेर दुई अर्ब ८९ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

त्यस्तै समीक्षा अवधिमा सगरमाथा लूम्बिनी इन्स्योरेन्सले १ लाख ७२ हजार ४७४ बीमा पोलिसी जारी गरेर २ अर्ब ६७ करोड २१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने नेको इन्स्योरेन्सले एक अर्ब ८७ करोड ४१ लाख, प्रभु इन्स्योरेन्सले एक अर्ब ८ करोड ४९ लाख, एनएलजी इन्स्योरेन्सले एक अर्ब ४३ करोड ६० लाख, हिमालयन एभरेष्टले एक अर्ब ८६ हजार ८७ लाख, सानिमा जिआईसीले एक अर्ब ३४ करोड ९२ लाख, आइजिआई प्रूडेन्सियलले एक अर्ब ९३ करोड ९५ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै समीक्षा अवधिमा दि.ओरिएन्टल इन्स्योरेन्सले ९३ करोड ७० लाख, राष्ट्रिय बीमा कम्पनीले ९७ करोड ३४ लाख, नेपाल इन्स्योरेन्सले ८७ करोड ३७ लाख र नेशनल इन्स्योरेन्सले ६९ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।

माघ महिनासम्म नेपाल माइक्रो इन्स्योरेन्सले तीन करोड ६५ लाख, प्रोटेक्टिभ माइक्रोले दुई करोड ३२ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स