१ लाख २९ हजार बीमितले अझै पाएनन् कोरोना बीमाको ११ अर्ब ३२ करोड रुपैयाँ दावी भुक्तानी

काठमाडौं । सरकारले अझै ११ अर्ब ३२ करोड २१ लाख रुपैयाँ कोरोना बीमाको रकम भुक्तानी गर्न बाँकी रहेको छ । नेपाल बीमा प्राधिकरणले दिएको तथ्यांकअनुृसार ११ अर्ब ३२ करोड २१ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको रकम हो भने २ करोड ३ लाख ६४ हजार रुपैयाँ बीमा शुल्क अनुदान रकम पनि सरकारले बीकम कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको छ । बीमा प्राधिकरणकले कोभिडका बेला आम सर्वसाधारणलाई कोभिड बीमा सम्बन्धी पोलिसी जारी गरेको थियो ।

त्यतिबेला कोरोना बीमालेखअन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले बीमालेख लिएका थिए भने कोरोना बीमालेख अनुदानतर्फ ९ लाख ५८ हजार १९८ जनाले बीमा लेख लिएका थिए । सो बीमितमध्ये १ लाख ५८ हजार ५९ जनाले १५ अर्ब ८२ करोड २१ लाख रुपैयाँ भुक्तानी दावी गरेका थिए ।

कोरोना बीमा दावी भुक्तानी पुलबाट ३५ हजार ५९५ बीमितलाई ३अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको छ भने सरकारले अझै १ लाख २९ हजार ४६४ जना बीमितले ११ अर्ब ३२ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी पाएका छैनन् ।

यो अवधिसम्म सरकार, पुल र बीमक कम्पनीबाट गरी जम्मा ६९ हजार ७६५ बीमितले ६ अर्ब ५८ करोड १४ लाख रुपैयाँ दावी भुक्तानी पाइसकेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स