बीवाईडीले ल्यायो‘नेपाली अब यूरो कपमा’ स्किमको योजना,११ जनाले यूईएफए यूरो २०२४ प्रत्यक्ष हेर्न पाउने

काठमाडौं । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले यूईएफए यूरो २०२४ को अवसर ‘नेपाली अब यूरो कपमा’ स्किम सार्वजनिक गरेको छ ।

बीवाइडी यूईएफए यूरो २०२४ को अधिकृत इ(मोबिलिटी पार्टनर भएकाले बीवाईडीका फुटबल प्रेमी ग्राहकहरूलाई जर्मनीमा गई प्रत्यक्ष यूईएफए यूरो २०२४ का रोमाञ्चक खेलहरू हेर्ने मौका दिनेछ ।

यूईएफए युरो कप सन् २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० वटा विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ । यूईएफए र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बीवाइडीबीचको यो सम्झौता च्याम्पियनसिपको इतिहासमा पहिलोपटक भएको कम्पनीको दाबी छ ।

नविन प्रयोग र आविष्कारका साथ ग्राहकको सन्तुष्टिमा सदैव प्रतिवद्ध साइमेक्स प्रालिका अनुसार ११ भाग्यशाली विजेताहरुले यूईएफए यूरो २०२४ मा उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउने छन् । यस स्किमले ग्राहकहरूलाई फुटबलको प्रत्यक्ष अनुभव गर्ने अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य बिवाइडीले राखेको छ ।

साइमेक्स प्रालि विद्युतीय सवारी साधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स