नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा भएको छ । वित्तीय संस्थाको कार्तिक १० गते (बुधबार) बसेको सञ्चालक समितिको १४९ औं बैठकले आव २०७७/७८ को वितरण योग्य मुनाफबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

वित्तीय संस्थाले २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । वित्तीय संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/10/514595ced1ea4e9242ec31e2d7091de2.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स